किर्ते हस्ताक्षर गरेर दुई बैङ्कबाट २० लाख चोरी, ६ जना पक्राउ
काठमाडौँ । खातावालको सही किर्ते गरेर जनता बैङ्क र एनआइसी एसिया बैङ्कबाट लाखौँ रकम झिक्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले यस प्रकरणमा ६ जनालाई पक्राउ गरेको पुष्टि गरे ।
यस विषयमा महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने बोगटीले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुले विभिन्न समयमा किर्ते हस्ताक्षरबाट दुई बैङ्कबाट १९ लाख ९९ हजार रुपैयाँ चोरी गरेको पाइएको छ ।
‘आफ्नो चेक हराएको भन्दै किर्ते हस्ताक्षरबाट खातावालको नयाँ चेक लिने र त्यही चेकबाट रकम झिक्ने गरेको पाइएको छ,’ प्रहरी स्रोतले भन्यो ।
आफ्नो खाताबाट रकम गायब भएको भन्दै खातावालले दिएको उजुरीपछि उनीहरुलाई पक्राउ गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले रातोपाटीलाई बताए ।
यस प्रकरणमा बैङ्ककै कर्मचारीको संलग्नता भएको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसअघि, गत भदौ महिनामा पनि विभिन्न बैङ्कको एटीएम ह्याक गरेर करोडौँ रुपैयाँ निकालिएको थियो । उक्त प्रकरणमा चिनियाँ नागरिकसहित नेपाली नागरिकहरु पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण