‘गोल्डेन ब्वाई’ खेलाडीको उपाधि पोर्चुगलका युवा स्टार जोआओ फेलिक्सलाई
सन् २०१९ को गोल्डेन ब्वाई खेलाडीको उपाधि पोर्चुगलका युवा स्टार जोआओ फेलिक्सले जितेका छन् ।
इटालीको प्रतिष्ठित संचारमाध्यम टुट्टोस्पोर्टले विश्व फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने २१ वर्ष मुनिका खेलाडीलाई बर्षेनी यस उपाधि प्रदान गर्ने गरेको छ ।
पोर्चुगलका स्मल रोनाल्डो फेलिक्सले यस उपाधि जित्ने क्रममा दोस्रो स्थानमा रहेका जाडोन सान्चोलाई झन्डै दोब्बर मतले हराए । फेलिक्सले तीनसय ३२ मत पाए । दोस्रो स्थानमा आएका जाडोन सान्चोले एक सय ७५ र तेस्रो भएका काई हाभर्टजले ७५ मत पाएका थिए ।
यस अवार्डका लागि इटाली र अन्तर्राष्ट्रिय फुटबलका शीर्ष ४० पत्रकारले मतदान गर्ने प्रावधान रहेको छ । फेलिक्स यसै सिजन पोर्चुगिज क्लब बेन्फिकाबाट एट्लेटिको म्याड्रिड गएका थिए ।
अघिल्लो सिजन म्याथिस डे लिग्टले यस उपाधि जितेका थिए । यसअघि फ्रान्सका केलियन एमबाप्पे, वायन रुनी, लिओनेल मेस्सी, मारियो बालोटेली, पउल पोग्बा, रहिम स्टर्लिङले पनि यस उपाधि जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण