नेपालका लागि नेपाली अभियानबाट हटाइए ज्ञानेन्द्र शाही
विहीबार, १२ मंसिर २०७६, १२ : ३४

काठमाडौँ । नेपालका लागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाही हटाइएका छन् ।
अभियानको बुधबार बसेको बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।
भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण (संघीयताको खारेजी र धर्म निरपेक्षताको खारेजीलगायत) राजनैतिक सुद्धीकरणको आफूहरुको एजेण्डाविरुद्ध शाही लागेकाले जिम्मेवारी मुक्त गरिएको जनाइएको छ ।
सो अभियानमा संलग्न बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारीलगायतले राजतन्त्रको पक्षमा वकालत गर्दै आएका छन् ।
तर, भ्रष्टाचारविरोधी अभियन्ताको रुपमा चिनिँदै आएका शाहीले सो सिद्धान्तविपरितको गतिविधि गरेकाले अभियानको सबै जिम्मेवारीबाट हटाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाका पचहत्तर हजारभन्दा बढी स्वास्थ्यकर्मीद्वारा हडताल सुरु
-
मध्यपुरथिमि नगरपालिकाको आन्तरिक आम्दानी रु २४ करोड
-
मुुख्यमन्त्रीको उपस्थितिमा कोरला नाकामा सुरक्षा बैठक
-
उपत्यकामा हुने कालोबजारी र अवाञ्छित गतिविधिको निगरानी गर्न प्रहरीलाई सर्कुलर
-
मनाङको स्याउ मनाङमै खपत
-
रातोपाटी ब्रिफिङ : स्थानीय तहमा डरलाग्दो भ्रष्टाचार, वायु सेवा निगमलाई ऋणको भार