कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
शुक्रबार, ०८ साउन २०८३, १० : २८
सारांश
- नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौं बैठक साउन १० गते बस्ने भएको छ।
- बैठक बिहान ११ः३० बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगरमा आयोजना हुनेछ।
- बैठकमा बी.पी. स्मृति दिवसका अवसरमा आयोजित ‘ट्रि रन’ तथा अन्य कार्यक्रमहरूको समीक्षा, उपसमितिहरूको कार्ययोजना प्रस्तुति, थप उपसमिति विस्तार तथा समसामयिक र विविध विषयमा छलफल गरिनेछ।
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौं बैठक साउन १० गते बस्ने भएको छ।
पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा शुक्रबार जारी सूचनाअनुसार बैठक बिहान ११ः३० बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगरमा आयोजना हुनेछ।
बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकको कार्यसूचीमा प्रारम्भमा शून्य समय, बी.पी. स्मृति दिवसका अवसरमा आयोजित ‘ट्रि रन’ तथा अन्य कार्यक्रमहरूको समीक्षा, उपसमितिहरूको कार्ययोजना प्रस्तुति, थप उपसमिति विस्तार तथा समसामयिक र विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
-
हामीलाई सरकार चाहिएको छैन, प्रदेशको झमेला बाध्यताले आइलाग्यो: प्रचण्ड
-
बायर्न म्युनिखमै बस्लान् ह्यारी केन?
-
पेपर लिक संशोधन विधेयकलाई क्याबिनेटको स्वीकृति, २७ जुलाईमा संसदमा पेस गरिने
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण