राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको फोटो जोड्ने कैलालीबाट पक्राउ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्बिर अतिरन्जित गर्ने आकाश सिंह ठकुरी कैलालीबाट पक्राउ परेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारे अपशब्दसहितको स्टाटस पोष्ट गर्ने कैलाली घर भएका ठकुरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको हो ।
सीआईबीका प्रमुख (डीआईजी) निरज शाहीले ठकुरीलाई पक्राउ गरेर काठमाडैँ ल्याइसकेको पुष्टि गरे । पक्राउ परेका ठकुरीलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको सीआईबीले जनाएको छ ।
पक्राउ परेका ठकुरीले ‘राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन हुने गरी अत्यन्त अमर्यादित, अशोभनीय खालका तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेको’ डीआईजी शाहीको भनाइ छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण