जापानमा भूकम्प
शुक्रबार, १३ मङ्सिर २०७६, १५ : २४
टोकियो । जापानको उत्तरपूर्वी इलाकामा रहेको तटीय क्षेत्रमा शुक्रबार ५.५ म्याग्नीच्युडको भूकम्प गएको छ । यद्यपि, यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना जारी गरिएको छैन ।
तटीय इलाका सनरिकुमा स्थानीय समयानुसार शुक्रबार अपराह्न १ बजेर १ मिनेटमा सो भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस भूकम्पका कारण कुनै धनजनको क्षतिको विवरण भने प्राप्त भएको छैन । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण