नेकपा नुवाकोटको सबै तहको नेतृत्व टुंगियो
नुवाकोट । नेकपा नुवाकोटको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा पार्टी एकतापछि रिक्त रहेको नेतृत्वको जिम्मेवारी बाँडफाँट भएको छ । पार्टी कार्यालयका पदाधिकारीको शुक्रबार काठमाडौँमा सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको संयोजक र सचिव चयन गरेको हो भने १२ वटै स्थानीय तहमा अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज चयन भएकाे छ ।
नेकपा नुवाकोटका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेका अनुसार निर्वाचन क्षेत्र नं १ को संयोजकमा पदम उप्रेती र सचिवमा राजन गौतमलाई जिम्मेवारी दिइएको छ । क्षेत्र नं २ को संयोजकमा राजकुमार रेग्मी ‘सन्देश’ र सचिवमा हरि अधिकारी चयन भएका छन् । प्रदेशसभा १ (क) को संयोजकमा बलराम आचार्य र सचिवमा राजन श्रेष्ठ, प्रदेशसभा १ (ख) को संयोजकमा सुवास तामाङ र सचिवमा जीतबहादुर घलेलाई जिम्मेवारी दिइएको छ ।
प्रदेशसभा २ (क) को संयोजकमा नवीन पुडासैनी र सचिवमा माधव पाण्डे, प्रदेशसभा २ (ख)को संयोजकमा गणेश श्रेष्ठ र सचिवमा सुवास तामाङलाई जिम्मेवारी दिइएको छ । बैठकले स्थानीय तहअनुसार जिल्लाको १२ वटै पालिकाको इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ ।
नेतृत्व चयनको क्रममा दुई पार्टी साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये एकअर्को गरेर बराबर सङ्ख्यामा पद विभाजन गरिएको हो ।
पूर्ण नामावली हेर्नुहोस्



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण