ब्राजिलका एक लाख ३५ हजार नागरिक आफैलाई एचआइभी भएको बिषयमा पनि अनविज्ञ
रियो दी जेनेरियो । ब्राजिलका झण्डै एक लाख ३५ हजार नागरिक आफुलाई एचआईभी भएको पनि अनविज्ञ भएको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार एचआईभी एड्ससम्वन्धी जनचेतनामुलक चलाउने क्रममा यस्तो तथ्य फेला परेको हो ।
मन्त्रालयले विश्व एड्स दिवसको अवसर पारेर आइतबारदेखि चेतनामुलक विषेश अभियान सुरु गर्न लागेको छ ।
देशव्यापी अभियानका क्रममा एचआईभीबाट बच्ने र लागिसकेकाहरुले उपचार गर्ने, परीक्षण गर्ने, सतर्कता अप्नाउनेलगायतका विषयमा जनेचतना जगाइने भएको छ ।
मन्त्रालयका अनुसार ब्राजिलमा सन् १९८० देखि अहिलेसम्म नौ लाख ६६ हजार ५८ जनामा एचआईभी संक्रमण भएको विवरण दर्ता भएको छ ।
एचआईभी पोजेटिभ भएकाहरुलाई उपचार गराउन मन्त्रालयले आह्वान गरेको छ । उनीहरुले नियमित उपचार गराएमा जीवन सामान्य हुने मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।
‘प्रारम्भिक चरणमै उपचार तथा निदानको प्रक्रिया सुरु गर्नु निकै महत्वपूर्ण हुन्छ,’ एक चिकित्सकले भने ।
ब्राजिलमा सन् २०१४ देखि २०१८सम्ममा एड्स प्रभावितहरुको संख्यामा १३।६ प्रतिशतले घटेको छ भने मृत्यु हुनेको संख्या पनि २२।८ प्रतिशतले घटेको विभिन्न अध्ययनले देखाएको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण