पूर्वराजा शाह रुपन्देहीमा : यस्तो छ एक हप्ते शक्तिपीठ धाउने कार्यतालिका
बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह प्रदेश पाँचका विभिन्न जिल्लामा एक हप्ता लामो भ्रमणका लागि आइतबार रुपन्देही आएका छन् । आइतबार साझ भैरहवा आएका शाहलाई विमानस्थलमा उनका समर्थहरुले भव्य स्वागत गरेका थिए । उनी एक हप्ता यहा बस्दा विभिन्न शक्तिपीठ जाने कार्यतालिका सार्वजिक गरिएको छ ।
पूर्वराजा शाहले यही मंसिरको १५ गतेदेखि २२ गतेसम्म प्रदेश पाँचका जिल्लाहरु रुपन्देही, नवलपरासी, कपिलबस्तु र पाल्पाका धार्मिक शक्तिपीठमा दर्शन गर्ने कार्यक्रम रहेको भ्रमण कार्यक्रम प्रचार प्रसार समितिले जनाएको छ ।
भ्रमण कार्यक्रम अनुसार उनी आज भैरहवा आएर तिलोत्तमा रहेको टाईगर होटल बसेका छन् । उनले त्यहा केही आफूहरु निटक व्यतिहरुलाई भेटधाट गर्ने छन् । भोली १६ गते रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बोलबम धामको भ्रमण गर्ने कार्यक्रम छ ।
त्यस्तै १७ गते रुपन्देहीको मर्चवार स्थित मर्चवारीमाई मन्दिर, १९ गते पाल्पा तानसेनको भगवती मन्दिर, २० गते कपिलबस्तु गोरुसिंगेको पशुपति मन्दिर र २१ गते नवलपरासीको पाल्ही स्थित पाल्ही भगवती मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय भएको सवारी व्यबस्थापन समितिका संयोजक शक्तिप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
धार्मिक मठमन्दिरको दर्शनका लागि विशुद्ध व्यक्तिगत भनिए पनि राजनीतिक भेटघाट समेत हुने आँकलन गरिएको छ । संयोजक सापकोटाले पूर्वराजा शाहको विशुद्ध व्यक्तिगत र धार्मिक भ्रमण भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको राजस्व सङ्कलनमा २१९ प्रतिशतको छलाङ, तोडफोडका बाबजुद ८३ प्रतिशत लक्ष्य हासिल
-
चलचित्र ‘मास्टर्नी’को प्रचार गीतप्रति महिला शिक्षक समाजकाे आपत्ति, हटाउन माग
-
३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु
-
मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
-
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण