गौतम बुद्ध विमानस्थल अन्तिम चरणमा, अति आवश्यक रुटका लागि भारतले अडान लिँदा समस्या
सोमबार, १६ मङ्सिर २०७६, ०७ : १४
भैरहवा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अति आवश्यक महेन्द्रनगर र नेपालगञ्ज हवाई रुटका लागि भारतसँग उच्चस्तरीय कुटनीतिक पहल आवश्यक देखिएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा सो विमानस्थलका लागि आवश्यक ती दुई रुटबारे भारतको अडानले नेपाललाई दीर्घकालीन असर पर्ने भएकाले रुटका लागि भारतसँग कुटनीतिक पहल आवश्यक भएको विज्ञहरुको धारणा छ ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा भारतीय समकक्षी नरेन्द्र मोदीसँग यो हवाई रुटका विषयमा वार्ता भएको थियो । तर पनि यो विषय भारतीय कर्मचारीतन्त्रले ‘भइहाल्छ’ भन्दै नेपाललाई झुलाउँदै गरेको पर्यटन मन्त्रालयकै अधिकारीको धारणा छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा टीपी भुसालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण