प्रदेश ५ मा राजपाको स्थानीय सत्ता लालपुरमा !
बुटवल । पाँच नम्बर प्रदेशमा राजपा नेपालको स्थानीय सत्ता कपिलबस्तुको लालपुरमा स्थापना भएको छ ।
यस अघिको स्थानीय निर्वाचन बहिस्कार गरेको राजपा नेपालले उपनिर्वाचनलाई सदुपयोग गर्दे कपिलबस्तुको शिवराज नगरपालिका १० लालपुरमा आफ्नो स्थानीय सत्ता कायम गरेको हो ।
राजपाको उम्मेदवार मन्जु मिश्रले जीत हासिल गरेसँगै राजपाको स्थानीय सत्ता कायम भएको राजपा केन्द्रीय सदस्य राजेन्द्र गुप्ताले रातोपाटीलाई बताए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको निधनपछि रिक्त स्थानमा राजपाले चुनाव जितेको हो ।
पाँच नम्बर प्रदेशका अन्य ठाँउमा राजपा नेपालले उम्मेदार नउठाई लालपुरमा केन्द्रीत भएको थियो ।
राजपाले उपनिर्वाचनमा कपिबस्तुको लालपुरसहित ३ बटा वडामा जितेको छ ।सप्तरीको छिन्नमाता गाउँपालिका वडानम्बर ३ र महोत्तरीको मटिहानी ६ मा पनि राजपाले जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण