बागलुङ दुर्घटनामा घाइतेहरुको उद्धारका लागि अझै उडेन हेलिकोप्टर
बागलुङको बुर्तिवाङमा भएको जिप दुर्घटनामा घाइते भएकाहरुलाई उद्धारका लागि जाने भएको हेलिकप्टर अझै उड्न सकेको छैन ।
गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरबाट घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याउने भनेपनि समन्वयको अभावका कारण सेनाको हेलिकप्टर अपरान्ह १२ः३० सम्म पनि उडेको छैन ।
पहिले घाइतेहरुको सङ्ख्या धेरै भएको भन्दै एमआई १७ हेलिकप्टर पठाउने तयारी गरिएको र पछि घाइते जम्मा ३ जनामात्रै रहेको भन्ने सूचना आएकाले अर्को हेलिकप्टर उडाउनु पर्ने भएकाले ढिलो भएको हो ।
प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र नेपाली सेनाबीच समन्वयको अभावमा घाइतेहरुको उद्धारका लागि समयमै हेलिकप्टर उड्न नसकेको हो ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार अबको ५ देखि १० मिनेटमा हेलिकप्टर पठाउने तयारी भइरहेको छ । अब नेपाली सेनाले १२ जना अट्ने एएनएक्स हेलिकप्टर पठाउने तयारी गरेको छ ।
दुर्घटनास्थल जिल्ला सदरमुकाम बागलुङबाट १ सय किलोमिटर टाडा बुर्तिवाङ हो । घाइतेलाई सदरमुकाम ल्याउन ३ घण्टा लाग्ने भएकाले सेनाको हेलिकप्टरमार्फत् काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
दुर्घटनामा चालक, एक महिला र एक बालक घाइते भएको प्रहरीले जनाएको छ ।
१८ जना सवार जिप बडिगाड खोलामा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जना अझै हराइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण