बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिकेटमा श्रीलङ्काको अन्डर २३ टोलीसँग नेपाल पराजित

मङ्गलबार, १७ मङ्सिर २०७६, १५ : ४५
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार क्रिकेटमा नेपाल श्रीलङ्कासँग नेपाल पराजित भएको छ ।

मंगलबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा श्रीलंकाको २३ वर्ष मुनीको उमेर समूहको टिमले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।

श्रीलंकाको जितमा शम्मु असन नायक रहे । उनले ४४ बलमा ५ छक्का र चार चौकाको मद्दतमा अद्र्धशतकीय पारी खेल्दै ७२ रन बनाए । यस्तै, निशान मडुस्काले ४६ र पथुम निस्सान्कले ३० रन बनाए ।

नेपालका लागि पवन शर्राफले दुई र सोमपाल कामी तथा सुशान भरीले एक–एक विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले पाँच विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७२ रन बनाए । ४४ बल सामना गरेका उनले तीन छक्का र चार चौकाको मद्दतमा उक्त रन बनाएका हुन् ।

यस्तै, पवन शर्राफले २२, कप्तान ज्ञानेन्द्र मल्लले २१ र विनोद भण्डारीले पनि २१ रन बनाए ।

श्रीलंकाका लागि कमिन्डु मेन्डिसले दुई विकेट लिए । यस्तै दुभिन्दु तिरकरत्ने, कभिस्का अन्जुला, असिथा फर्नान्डोले एक–एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप