गल्फमा नेपालका सुक्र र टिमकै अग्रता
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार देखि सुरु भएको गल्फ खेलमा नेपालका सुक्रबहादुर राईले एकल अग्रता लिएका छन् । पार ७२ को गोकर्ण गल्फ कोर्समा पहिलो दिन सुक्रले चार अन्डर ६८ खेले । पुरुष ब्यक्तिगततर्फ सुक्र शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा नेपालकै टंकबहादुर कार्की छन् । टंकले तीनअन्डर ६९ खेलेका छन् । ब्यक्तिगततर्फ बंगलादशेका मोहमद सोमरत तेस्रो स्थानमा छन् । पहिलो दिन सोमरतले दुई अन्डर ७० खेले ।
पुरुषको टिम स्पर्धामा पनि नेपाल शीर्ष स्थानमा छ । नेपालका सुक्रले ६८, टंकले ६९, सुवास तामाङले एक अन्डर ७१ र निरज तामाङले इभनपार ७२ खेले । टिम स्पर्धामा पुरुषतर्फ तीन जनाको स्कोरलाई समावेश गरिएको छ । पहिलो दिन नेपाली टिमको कूल दुई सय आठ स्कोर छ ।
पुरुष टिम स्पर्धामा बंगलादेश र श्रीलंकाको समान दुई सय १९ स्कोर छ । पुरुषतर्फ टिम स्पर्धामा नेपाल, बंगलादेश र श्रीलंकाले भाग लिएको छ । एकलमा भने भुटानले एकजना खेलाडी मात्र सहभागी गराएको छ । पहिलो दिन मंगलबार भुटानका निम दोर्जी तामाङले सात ओभर ७९ खेलेका छन् ।
यसैगरी महिला एकलमा श्रीलंकाले अग्रता लिएको छ । पहिलो दिन श्रीलंकाकी ग्रेस यातावाराले एकल अग्रता बनाईन् । ग्रेसले तीन अन्डर ६९ खेलेकी छन् । श्रीलंकाकै थुहासिनी सेल्भाथानाम आठ ओभर ८० स्कोरका साथ दोस्रो स्थानमा छिन् । ८३ खेलेकी नेपालकी कस्मिरा शाह ११ ओभर ८३ स्कोर सहित तेस्रो स्थानमा छिन् । बंगलादेशकी सोनिया अख्तर ८४ स्कोरका साथ चौथो स्थानमा छिन् ।
महिलाको टिम स्पर्धामा पनि श्रीलंका अगाडी छ । श्रीलंककन महिला टिमा ग्रेस, थुवासिनी र टिनिया मिनाल (८५ स्कोर) छन् । नेपाल र बंगलादेश दोस्रो स्थानमा छन् । नेपाली महिला टिममा कस्मिरा शाह, रबिना श्रेष्ठ र शुस्मा कोइराला छन् ।
‘स्टोक प्ले’ विधामा सञ्चालित साग गल्फ ७२ होलको हुनेछ । सहभागी टोली र खेलाडीले दैनिक १८ होलमा प्रतिस्पर्धा गर्नेछन् । साग गल्फमा चार स्वर्ण, चार रजत र चारनै कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकको हिसावले नेपालले सागमा गल्फ खेल राखेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण