सुख्खा बन्दरगाह स्थापनाका लागि पहल गर्छु: मन्त्री भट्ट
कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह स्थापनाका लागि पहल गर्ने बताएका छन् । कैलालीको धनगढी विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले सुख्खा बन्दरगाह सुदूरपश्चिम प्रदेशको मात्र नभएर देशकै समृद्धिसँग जोडिएको विषय भएकाले त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताए ।
उनले धनगढी अत्तरिया करिडोरमा उद्योग स्थापनाका लागि विस्तुत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी अघि बढ्ने बताए । सरकारले विशेष आर्थिक क्षेत्र घोषणा गरेको कैलालीको डुँडेझारी र कञ्चनपुरको दैजी छेलामा औद्योगिक क्षेत्र स्थापनाका लागि डिपीआर तयार भई अन्य प्रक्रिया अघि बढिसकेको समेत उनले बताए ।
मन्त्री भट्टले व्यापार घाटा कम गराउन निर्यातमुखी उत्पादनलाई प्रोत्साहन गर्न सरकार लागि परेको बताए । उनले गौरीफन्टा नाकामा पशु क्वारेन्टाइन चेकपोष्ट स्थापनाका लागि छिट्टै पहल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण