सुख्खा बन्दरगाह स्थापनाका लागि पहल गर्छु: मन्त्री भट्ट

कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह स्थापनाका लागि पहल गर्ने बताएका छन् । कैलालीको धनगढी विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले सुख्खा बन्दरगाह सुदूरपश्चिम प्रदेशको मात्र नभएर देशकै समृद्धिसँग जोडिएको विषय भएकाले त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताए ।
उनले धनगढी अत्तरिया करिडोरमा उद्योग स्थापनाका लागि विस्तुत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी अघि बढ्ने बताए । सरकारले विशेष आर्थिक क्षेत्र घोषणा गरेको कैलालीको डुँडेझारी र कञ्चनपुरको दैजी छेलामा औद्योगिक क्षेत्र स्थापनाका लागि डिपीआर तयार भई अन्य प्रक्रिया अघि बढिसकेको समेत उनले बताए ।
मन्त्री भट्टले व्यापार घाटा कम गराउन निर्यातमुखी उत्पादनलाई प्रोत्साहन गर्न सरकार लागि परेको बताए । उनले गौरीफन्टा नाकामा पशु क्वारेन्टाइन चेकपोष्ट स्थापनाका लागि छिट्टै पहल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट ‘अवैध’ तरिकाले ल्याइएको माओवादीको आरोप
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालय नै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा