‘दि कर्मा’ टीजर : बोल्ड अवतारमा परमिता
शुक्रबार, २० मङ्सिर २०७६, १२ : १४
काठमाडौं । आउदो १७ माघबाट देशभर रिलिजको तयारीमा रहेको फिल्म ‘दि कर्मा’को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरमा अभिनेत्रीद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुङ्गाना, करण वर्मा र बुद्धी तामाङ देखिएका छन् ।
टिजरमा अभिनेत्री राणा बोल्ड अवतारमा समेत देखिएकी छन् ।
देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्म जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।
फिल्मको कथा निर्माता जय राज राय आफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल.र निशा खतिवडा निर्माताको रुपमा रहेका छन् ।
तराईका भूभागमा छायाँकन भएको फिल्ममा करण, नीता, परमिता, बुद्दीको अलवा देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण