जापान सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको छ: परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालमा भएका प्रकृतिक प्रकोप पछि जापान सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको बताएका छन् । ‘दक्षिण एसियामा प्राकृतिक प्रकोपः हस्तक्षेप, राम्रो अभ्यास र चुनौतिहरु’ विषयमा शुक्रबार जाइकाले गरेको अन्तर्राष्ट्रिय सेमिनारलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपालको विकास साझेदारको रुपमा जाइकाले २०७२ सालको भूकम्पपछिको पुनः निर्माणमा गरेको सहयोग महत्वपूर्ण भएको बताएका छन् । उनले नेपाल उच्च भूकम्पीय जोखिम भएको मुलुक भएकाले पनि जापानको सहयोग प्रकृतिक प्रकोप व्यवस्थापनमा महत्वपूर्ण हुने बताए ।
दक्षिण एसिया भौगोलिक तथा हावापानीको दृष्टिकोणले उच्च प्रकृतिक प्रकोप हुने क्षेत्र भएकाले जोखिम न्यूनिकरण र व्यवस्थापनमा बहस आवस्यक रहेको उनले बताए । । मन्त्री ज्ञवालीले त्यसका लागि नेपालले भ्रमण वर्ष २०२० को अवसरमा सगरमाथा संवाद गर्न लागेको समेत जानकारी गराउनुभयो । उहाँले जाइकालाई नेपालको पुनःनिर्माण, स्वास्थ्य, शिक्षा, पुर्वाधार निर्माण लगायतका क्षेत्रमा गरेको सहयोगलाई निरन्तरता दिन समेत आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जापान सरकार, जाइका तथा अन्य अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको कारण नेपालले पुनःनिर्माणको कामलाई गति दिन सकेको बताए । कार्यक्रममा मन्त्री ज्ञवालीले प्राकृतिक प्रकोपलाई न्यूनिकरण गर्न र प्रकोप पछिको व्यवस्थापनका लागि सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको समेत जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण