शुन्य समय
-साकार बाबु सुबेदी
कति अजीव छन्,
जीन्दगीका यी पाटाहरू ?
टाढै बाट भोग्नेहरू,
सजीब भएर नै सही छन्,
समीप हुनेहरू त,
अश्रुपान मै होस् गुमाउँदै छन्,
भरिने र छल्किने त
प्याला अनि चक्षुहरू नै त हुन्,
सहिद हुन नसकेका नशा भित्र,
दिशाविहीन छन् ।
कति अनौठो छ,
म भित्रको तिम्रो लालसा पनि ?
चनौटो भित्र पटकौं घोटिएको,
श्रीखण्डको खिइसकेको अंश झैं,
कतै देवत्व लिने ईच्छा सँगै
पत्थरमा पनि लेपिईँदै छन् ।
तिमी दूर हुँदा निर्वाध घोंले,
तिम्रा स्मृतिलाई मेरा पेय सँगै,
बसाउन छाडेन कहिल्यै,
नजिक हुँदा तिम्रो सुगन्ध ।
कति कलिलो छ,
तिमी भित्र पलाएको मेरो स्नेह पनि,
मलिलो मेदिनी माझ तिमी संगै अडेको,
वरिपरि नदेखिने आकास तत्व झैं,
पिण्डहरू जोडिनै नदिने वायु सँगै,
छद्मभेषी खेल खेल्दै छन् ।
तिमी आजित हुँदा निःस्वार्थ फालेँ,
हाम्रा मोह र अहंकारहरू लाई,
बिझाउन छाडेनन् कहिल्यै,
बेहक हक लाग्ने काँडाहरुले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण