भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट दिँइदैन: उपप्रधानमन्त्री पोखरेल
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने प्रतिवद्धता जनाएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवशरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरलेले ठूला माछा र साना माछाको प्रशंग चल्ने गरेको बताउँदै भ्रष्टाचारमा संलग्न जुनसुकै व्यक्तिले पनि छुट नपाउने प्रतिवद्धता जनाएका हुन् । ‘भ्रष्टाचारका सवालमा ठूला माछा र साना माछाको प्रसंग चल्छ । जुनसुकै पद र ओहोदामा बसेको व्यक्ति भएपनि भ्रष्टाचारमा संलग्न भए कोही पात्र पनि छुट पाउने छैन् । छुट दिइने छैन् । यो प्रतिवद्धता हो’, उनले भने ।
उनले राजनीतिको संरक्षणमा त्यस्ता कर्महरु हुन्छन् भने तिनिहरुले छुट नपाउने कुरामा विश्वस्त हुन आग्रह समेत गरेका छन् । भ्रष्टाचारीहरुलाई राजनीतिको संरक्षण हुने गरेका/भनिएका कुनै पनि भ्रष्टाचारजन्य कामहरुले छुटन नपाउने उनले बताए । जुनसुकै तहमा रहेको राजनीतिक नेतृत्वबाट भ्रष्टाचारजस्तो दुस्कर्म भएको भेटिए दण्डनीय हुने पोखरेलले बताए । भ्रष्टाचारले नियमित, आकस्मिक र सामाजिक जीवनलाई तहसनहस गर्ने बताउँदै उनले त्यस्ता कार्यमा संलग्न व्यक्तिले कुनै न कुनै रुपले दुस्परिणाम भोग्ने कुरा सत्य भएको बताए ।
भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदमा रहेका व्यक्तिहरुले आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्पलाई व्यवहारमा रुपान्तरण गरेमात्रै दिवस मनाउनुले सार्थकता पाउने पोखरेलले बताए । उपप्रधानमन्त्री पोखरेलले सरकारी, गैह्र सरकारी, नीजि क्षेत्रहरुले सचेतना अपनाएर भ्रष्टाचारीलाई निरुत्साहन र सदाचारीर्लाइ प्रोत्साहन गर्न सकेमा सुखी र समृद्ध भविष्यको आधारशिला निर्माण हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण