अमेरिकासँग कैदी आदानप्रदान गर्न इरान तयार
सोमबार, २३ मङ्सिर २०७६, २२ : २०
तेहरान । इरानले अमेरिकासँग कैदी आदानप्रदान गर्न आफू तयार रहेको सोमबार जनाएको छ । इरानले कैदी साटासाट गर्न सहमति जनाएकोप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धन्यवाद ज्ञापन गरेका छन् । उनले इरानको यो सहमतिलाई ‘धेरै सन्तोषजनक लचकता’ को संज्ञा दिएका छन् ।
सन् २०१६ देखि इरानमा रहेका चिनियाँमुलका अमेरिकी सियु वाङ र सन् २०१८ देखि अमेरिकामा रहेको इरानी मस्सौड सोलेइमानीलाई साटासाट गर्ने सहमति भएपछि इरानले यो सन्देश दिएको हो ।
‘यो अहिले एउटा मात्रै साटासाट हो, अरु पनि साटासाट गर्न हामी तयार छौँ,’ एक जना प्रवक्ता अलि राबैयाले भने ।
‘कुनै सम्झौता र वार्ताबाट यस्ता समस्याको समाधान निकाल्न सकिन्छ,’ उनले राज्यद्वारा सञ्चालित टेलिभिजनमा भने । –एएफपी/Photo:AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण