सहकारीमार्फत दूध विक्री गरेर राम्रो आयआर्जन
बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ९ स्थित पशुपतिनगरमा सञ्चालित पशुपतिनगर उद्यम महिला सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरु सहकारीमार्फत दूध विक्री गरेर राम्रो आयआर्जन गर्न सफल भएका छन् ।
संस्थामा आवद्ध ३ सय ६ जना शेयर सदस्यहरुले हालसम्म २९ हजार १ सय ७२ लिटर दूध बिक्री गरेर १६ लाख ४ हजार ४ सय ६० रुपैयाँ आम्दानी गरेको जनाएका छन् ।
यसै वर्षको जेठ महिनादेखि सञ्चालनमा आएको सहकारी संस्थाका सदस्यहरुले उत्पादन गरेको दूध संस्थाले संकलन गरेर जनकपुर दुध बितरण आयोजना केन्द्र ढल्केवर मार्फत विक्री वितरण गर्ने गरेको छ ।
त्यसबाहेक संस्थाले दही, पनिर घिउ, मख्खन लगायत दूधबाट बनेका परिकार समेत उत्पादन गरी बिक्री गर्ने गरेको संस्थाकी व्यवस्थापक गीता कुमारी विकले जानकारी दिइन् ।
उनका अनुसार सदस्यहरुलाई फलफूल, तरकारी उत्पादन तथा विक्री बितरणमा केन्द्रीत गर्दै वचत र विमाको कार्यक्रम समेत संस्थाले सञ्चालन गरेकोे छ ।
यो सहकारीले उत्पादन, संकलन, बजारीकरण र प्रशोधनमा समेत संलग्न हुँदै दर्जनौं महिलाहरुलाई रोजगारी दिन सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण