सिटीको जितमा जेससको ह्याट्रिक
गाब्रियल जेससले ह्याट्रिक गरेपछि युइएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले डाइनामो जाग्रेबमाथि सानदार जित निकालेको छ । बुधबार राति भएको समूह ‘सी’ को खेलमा सिटीले सिटीले डाइनामो जाग्रेबलाई उसैको मैदानमा ४–१ गोलले हरायो ।
खेलमा सुरुवाती अग्रता डाइनामोले लिएको थियो । १०औं मिनेटमा डाइनामोका डानियल ओल्मोले गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाए । त्यसपछि सिटीले ३४औं मिनेटमा बराबरी गोल फर्कायो । सिटीका लागि जेससले बराबरी गोल गरे । उनले ५०औं र ५४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । फिल फोडिनले ८४औं मिनेटमा गोल गर्दै सिटिलाई सजिलै जिताए । जितसँगै सिटी समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको छ । सिटीले ६ खेलबाट १४ अंक बनाएको छ ।
यस समूहबाट उपविजेता बन्दै एटलान्टाले नकआउट चरणमा स्थान बनायो । बुधबार राति भएको खेलमा एटलान्टाले साख्तर डोनेक्सलाई ३–० गोलले पराजित गर्यो । जितसँगै एटलान्टाले ६ खेलबाट सात अंक बनायो । ६ अंकबनाएको साख्तर र पाँच अंक बनाएको डाइनामो समूह चरणबाट बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण