४४ वर्षको करियरमा रजनीकान्तले कहिल्यै गरेनन् कुनै ब्रान्डको विज्ञापन, दुई करोड बढीको अफर पनि अस्विकार
६९ वर्ष पुगिसकेका रजनीकान्तले सन् १९७५ मा रिलिज भएको तमिल फिल्म ‘अपूर्वा रागंगल’ मा सानो भूमिकामार्फत् मनोरञ्जन क्षेत्रमा पाइला टेकेका थिए । उनले अहिलेसम्म १ सय ६० फिल्ममा काम गरिसकेका छन् । तर ४४ वर्षको फिल्मी करियरमा उनले कहिले पनि कुनै ब्रान्डको विज्ञापन गरेका छैनन् । तीन वर्ष अघि उनले यस्तो नगर्नुको कारणसमेत खुलाएका छन् ।
अण्डरवेयर – जुत्ताको ब्रान्डको प्रोमोशनका लागि तयार छैनन्ः
नर्थ इन्डियामा रहेको विज्ञापन एजेन्सी सेपिएन्ट नित्रोका स्ट्रेटेजिक हेड रोशिताश श्रीवास्तवले भनेका थिए, ‘उनी अण्डरवेयर वा जुत्ताको ब्रान्डको प्रोमोशनका लागि तयार छैनन् । उनी उच्च श्रेणीका लागि बनेका हुन् । आफूलाई कस्ता सामग्री प्रयोग गर्ने भनेर रजनीकान्तले जानकारी दिउन् भन्ने उनका प्रशंसक चाहँदैनन् । ’
रिपोर्टका अनुसार जब एक कोला ब्रान्डले उनलाई दुई करोड भारु बढीको अफरसहित प्रस्ताव राखेका थिए तब उनले कम्पनीका कार्यकारीलाई भेट्नसमेत अस्विकार गरेका थिए ।
प्रशंसकको नजरमा भगवान, त्यसकारण विज्ञापनबाट टाढाः
एक ट्यालेन्ट कम्पनीका वरिष्ठ कार्यकारी थेरन कारमेनले मिडियासँगको कुराकानीमा रजनीकान्तलाई प्रशंसकले भगवानजस्तै मान्ने भएकोले उनी कहिले पनि कुनै पनि ब्रान्डको विज्ञापन नगर्ने बताएका छन् । उनी भन्छन्, ‘के तपाईंले कहिले भगवानले कोक बेचेको देख्नुभएको छ ? यसले एक प्रकारको इमान्दारिता सुनिश्चित गर्छ ।’
यो एन्डोर्समेन्ट जगतको नकारात्मक पक्ष पनि हो । जतिबेला कुनै उत्पादनमा कुनै गडबडी हुन्छ तब सेलिब्रिटीलाई नै निशानामा पारिन्छ । त्यसैकारण रजनी कुनै पनि उत्पादनको विज्ञापनबाट टाढै बस्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण