पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने
कास्की । गण्डकी प्रदेशको व्यवसाय प्रवद्र्धन तथा पर्यटकीय सम्भावनाको खोजी गर्ने उद्देश्यले आगामी पुस १८ देखि २८ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने भएको छ ।
राष्ट्रिय औद्योगिक व्यापार मेला, मूल आयोजक समिति र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने उक्त मेलामा स्थानीय कृषिजन्य उत्पादन, हस्तकलाका वस्तु, सूचना प्रविधि, दैनिक घरायसी सरसामान, लत्ता कपडा, श्रृङ्गारका सामग्रीलगायत प्रदर्शन गरिने छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले पर्यटन उद्योगका लागि धेरै सम्भावना रहेको पोखरामा आउने पर्यटकलाई स्थानीय उत्पादन तथा संस्कृतिकाबारे जानकारी गराउन मेला महत्वपूर्ण हुने बताए ।
मेला आयोजक समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठले विभिन्न २८ उपसमिति गठन गरी मेलाको तयारीमा लागेको जानकारी दिँदै भ्रमण वर्षमा स्थानीय उत्पादनको प्रवद्र्धनका साथै पर्यटकीय नयाँ गन्तव्यको खोजी गर्नका लागि मेला गर्न लागिएको बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले लोक नृत्य प्रतियोगिता, सांस्कृतिक कार्यक्रम समेत गरिने उक्त मेलामा रु ७० लाख खर्च गरिने र करीब रु ३० लाख बचत गरी नयाँ उद्यमशीलताको विकासका लागि खर्च गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण