सरकार गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री जोनसन बकिङ्गम दरबारमा
लण्डन । बेलायतमा कन्जभेटिभ पार्टीको जीतसँगै नयाँ सरकार गठनका लागि औपचारिक प्रक्रिया अघि बढाउन शुक्रबार प्रधानमन्त्री बोरिस जोनसन ‘बकिङ्गम प्यालेस’ गएका छन् । बिहीबार ६५० सदस्यका लागि भएको निर्वाचनमा जोनसनको दलले ३६४ सीट प्राप्त गर्न सफल भएको छ ।
निर्वाचनमा ऐतिहासिक सफलता पाएपछि नयाँ सरकारको गठन प्रक्रियाका लागि आफ्नो पार्टीको जीतबारे महारानी एलिजावेथ द्वित्तीयलाई औपचारिकरूपमा जानकारी गराउन कन्जर्भेटिभ पार्टीका नेता तथा प्रधानमन्त्री बोरिस जोनसन शुक्रबार राजदरबार पुगेका हुन् ।
बेलायतको संसदीय निर्वाचनमा जोनसनको दल कन्जर्भेटिभ पार्टी सन् १९८० पछि भारी बहुमतका साथ विजय भएको छ । तत्कालिन प्रधानमन्त्री मार्गरेट थ्याचरको नेतृत्वको सरकारपछि कन्जर्भेटिभ पार्टीले अपार बहुमत पाएको छ ।
जोनसनको दलको जीतले बेलायतलाई यूरोपेली संघबाट बहिर्गमन गराउने कार्यका लागि त्यहाँका जनताले फेरि एक पटक कन्जर्भेटिभ पार्टीलाई बृहत अवसर मिलेको छ ।
तर यस पहिले भएका पटक पटकका प्रयासपछि पनि ब्रेक्जिट प्रक्रियालाई टुङ्ग्याउन नसकिएको दृष्टान्तलाई हेर्ने हो भने जोनसनलाई अबसरसँगै उत्तिकै चुनौती रहेको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण