टोट्टनहामले जित्दा, बराबरीका रोकियो युनाइटेड
इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टनहामले जिजत निकाल्दा म्यानचेस्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा टोट्टनहामले वल्भ्सलाई २–१ गोलले हरायो । अर्को खेलमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–१ बराबरीमा रोकिएको छ ।
वल्भ्सको घरेलु मैदानमा टोट्टनहामलाई जिताउन लुकास मोउरा र जान भर्टाेङहेनले गोल गरे । वल्भ्सका एडमाले एक गोल फर्काए । टोट्टनहामले नवौं मिनेटमा लुकास मोउराको गोलबाट अग्रता लिएको थियो । त्यसपछि ६७औं मिनेटमा वल्भ्सका एडमाले बराबरी गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा जानले गोल गर्दै टोट्टनहामलाई जिताएका थिए । जितसँगै २६ अंक बनाएको टोट्टनहाम पाँचौ स्थानमा उक्लिएको छ । २४ अंक बनाएको वल्भ्स आठौं स्थानमा छ ।
यसैगरी म्यानचेस्टर युनाइटेडले ३६औं मिनेटमा एभटर्नका लिन्डलफको आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो । ७७औं मिनेटमा एभटर्नका मासन ग्रीनउडले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीसँगै २५ अंक बनाएको युनाइटेड छैटौं स्थानमा छ । १८ अंक बनाएको एभर्टन १६औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण