राष्ट्रिय पुरस्कार लिन पुगेका अक्षय कुमारले किन महसुस गरे आफ्नो बेइज्जती ? बताए यस्तो कारण
बलिउड अभिनेता अक्षय कुमारले पहिलो पटक नेशनल अवार्ड ग्रहण गर्न जाँदा बेइज्जतीको सामना गर्नुपरेको बताएका छन् । भारतीय एक संचार माध्यमले आयोजना गरेको कार्यक्रममा अक्षय कुमारले यस्तो बताएका हुन् ।
अक्षय कुमारले भने, ‘जब मैले पहिलो पटक अवार्ड पाएको थिएँ तब मसँग एक महिला बसेकी थिइन् । त्यसपछि म भन्छु कि मेरो राष्ट्रिय सम्मान कार्यक्रममा कसरी बेइज्जती भयो । ती युवती थिइन् मलयालम नायिका र उनले मलाई भनिन्, ‘सर म तपाईंको ठूलो प्रशंसक हुँ । मैले तपाईंको सबै फिल्म हेरेकी छु । त्यतिबेला मलाई निकै गर्व महसुस भइरहेको थियो । तयसपछि उनले मलाई सोधिन् कि मैले कतिवटा फिल्ममा काम गरेको छु । मैले जवाफ दिएँ १ सय ३५ ।’
‘त्यसपछि मैलै पनि उनलाई उनको फिल्मबारे सोध्दा उनले त्यो आफ्नो पहिलो फिल्म भएको बताइन् । उनले एउटा फिल्ममा अभिनय गरेर राष्ट्रिय अवार्ड हात पारिन् । त्यतिबेला म लज्जित महसुस गरिरहेको थिएँ ।’
उक्त कार्यक्रममा अक्षयलाई हिट फिल्मको रेसिपी सोधिँदा अक्षयले भने, ‘मैले ११ वटा हिट फिल्ममा अभिनय गर्नुअघि १४ वटा फ्लप फिल्म पनि दिएकी छु । मैले ती १४ फिल्ममा पनि मिहिनेत गरेको थिएँ । तर त्यो चल्न सकेन । मेरो हिसाबमा ७० प्रतिशत भाग्य र ३० प्रतिशत मिहिनेत चाहिन्छ । जब म स्टुडियो जान्छु तब मभन्दा धेरै राम्रा व्यक्तिहरु त्यहाँ हुन्छन् । तर उनीहरुले पहिलो मौका नै पाउँदैनन् । त्यसकारण मलाई राम्रो भाग्य पनि चाहिन्छ भनेर विश्वास गर्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण