सद्गुरु ओशो सिद्धार्थ पुस ५ गते नेपाल आउने, विशेष ध्यान शिविर संचालन हुने
काठमाडौं– आध्यात्मिक जागरण फैलाउन सद्गुरु ओशो सिद्धार्थ औलिया आगामी पुस पहिलो साता नेपाल आउने भएका छन् । ओशोधारा संघ नेपालको निमन्त्रणमा उनी आगामी पुस ५ गते नेपाल आउन लाग्नुभएको हो ।
सद्गुरु आगमनको दिन पुस ५ गते दिनको ठिक ४ बजे अनुपम फुडल्याण्ड बत्तिसपुतलिमा ‘दुख से महा सुख कि ओर’ विषयमा महा सत्सङ्गमा प्रवचन दिने विशेष कार्यक्रम समेत रहेको छ ।
उक्त कार्यक्रममा ओशोधारा संघ नेपालले सर्वसाधरण सबैलाई प्रवेश निशुल्क ब्यबस्था समेत गरेको जनाएको छ । सत्सङ्गमा ओशोधाराको साधक साधिकाको अलवा देशका अन्य अध्यात्मिक ब्यक्तित्व र लब्ध प्रतिष्ठित ब्यक्तिहरु समेतको उपस्थित हुनेछ ।
नेपालमा रहँदा उनले ओशोधाराको उच्च तहको ध्यान कार्यक्रम सञ्चालन गर्नुहुने ओशोधारा संघ नेपालका संयोजक आचार्यश्री ओशो महेन्द्रले जानकारी दिए ।
ओशो औलिया लगायत साधक साधिकालाई लुम्बिनी भ्रमण गराउने तयारी गरिएको संघले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुने सो कार्यक्रमले नेपालको पर्यटन प्रवर्धन तथा अन्तर्राष्ट्रियस्तरमा भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीको प्रचारप्रसार हुने विश्वास व्यक्त गरिएको छ ।
घर, परिवार, समाज त्यागेर मात्रै आध्यात्मिक सुखशान्ति प्राप्त गर्न सकिन्छ भन्ने पुरातनवादी मान्यतालाई चिर्दै ओशोले घर, परिवार, समाज तथा व्यवसाय सम्हाल्दै ध्यानमार्फत शान्ति हासिल गर्न सकिने परिकल्पनालाई साकार पारेका थिए ।
मानव जीवन समस्याबाट गुज्रिरहेको र ध्यानले मात्र ती समस्या समाधान गर्छ भन्ने ओशोको मुलमन्त्रलाई उनका अनुयायीले विश्वभर अनुसरण गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण