सरकारका प्रवक्ता बाँस्कोटा भन्छन्–अमेरिकी परियोजना ‘एमसीसी’ पास हुन्छ
काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)पास हुने बताएका छन् ।
बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सोबारे के हुन्छ भनेर चिन्ता गर्नु नपर्ने बताउँदै सरकारदेखि सरकारबीचको सम्बन्ध रहेको जानकारी दिए । सत्तारुढ दल नेकपाभित्र एमसीसीको विषयमा चर्को बहस भइरहेको बेला सरकारका प्रवक्ताबाट भने यस्तो धारणा आएको हो ।
राजनीतिक दलको विचारधाराले सरकारको प्रतिनिधित्व नगर्ने बताउँदै मन्त्री बाँस्कोटाले देश देशबीचको सम्बन्धमा राजनीतिक विचारधाराले अर्थ नराख्ने बताए ।
उनले अमेरिकाले सबै देशसँग सम्बन्ध राख्ने बताउँदै भने, ‘नेपालले कुन–कुन कम्युनिष्ट राष्ट्र छन् भन्ने खोजेर सम्बन्ध राख्दै हिँड्छ त ? अनि अमेरिकाको कम्युनिष्ट पार्टी रहेको चीन अमेरिका सम्बन्ध छैन ? त्यहाँ त पार्टीले नै सरकार बनाउछ, यहाँ त जनताले बनाउछ नि सरकार । नेपाली जनताले सरकार बनाउने हो नी कम्युनिष्ट पार्टी वा काँंग्रेस पार्टीले बनाउने हैन नि । यो पास हुन्छ फेल हुन्छ भनेर राजनीतिक दलको बैठकमा त अनेक कुरा उठ्छ नि ।’
मन्त्री बाँस्कोटाले संसदको अघिल्लो अधिवेशनमै पास गर्न लगेको बताउँदै अब संसद बैठक बस्न लागेकोले यो कार्ययोजना पास हुने बताए ।
एमसीसीलाई इन्डोप्यासिफिक परियोजना भनिनु कि धेरै बुझेको हुनुपर्ने कि केही नबुझेको हुनुपर्ने उनको तर्क छ । एकदम धेरै बुझेपछि पनि यस्तो समस्या हुने भन्दै उनले कटाक्ष गरे ।
उनले यो विषय सन् २०१२÷१३ तिर आएको बताउँदै त्यो बेला इन्डोप्यासिफिक भन्ने शब्द नभएको उनले बताए ।
उनले सरकारले बारम्बार कसैको सैन्य गठबन्धनमा सहभागी नहुने बताएको उल्लेख गर्दै परराष्ट्र नीतिको बारेमा अल्मिलिनु जरुरी नरहेको बताए । विकासको सन्र्दभमा कनेक्टिभिटी लाइन र ट्रान्समिसन लाइनको कुरामा नेकपाकै विदेश विभागले पनि विरोध नगरेको मन्त्री बास्कोटाको भनाइ छ ।
यो प्रजातन्त्र, सुशासन, पारदर्शीता, मानव अधिकार भएको देशहरुमा अमेरिकाले दिने सहयोग रहेको उनले बताए ।
उनले यो परियोजना ५० अर्बको रहेको बताउँदै नेपालको लागि लाभदायक रहेको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण