धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
सारांश
- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीको धनगढीबाट आफ्नो २४ औँ सत्याग्रह सुरु गरेका छन्।
- डा. केसीले बिहीबार दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा आमरण अनसन सुरु गरेका हुन्।
- सरकारले विगतका सहमति कार्यान्वयन नगरेको, चिकित्सा शिक्षा आयोग र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कानुन विपरीत नियुक्ति गरिएको तथा ती निर्णय सच्याउनुपर्ने माग राख्दै उनी पुनः सत्याग्रहमा बसेका हुन्।
काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनसन सुरु गरेका छन् । कैलालीको धनगढीबाट डा.केसीले २४ औँ सत्याग्रह सुरु गरेको डा.अमृत जैशीले जानकारी दिए ।
डा. केसीले बिहीबार दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा आमरण अनसन सुरु गरेका छन् । सुदूरपश्चिममा उनलाई आमरण अनसन स्थगित गर्न आग्रह गर्ने क्रम बढेको थियो।
गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको अन्तिम तयारी भइरहेका बेला सत्याग्रहले विश्वविद्यालय सञ्चालन प्रक्रिया प्रभावित हुन सक्ने चिन्ता व्यक्त गर्दै राजनीतिक दल, विद्यार्थी सङ्गठन, नागरिक अगुवा र स्थानीयले आन्दोलन रोक्न आग्रह गरेका थिए ।
सरकारले विगतका सहमति कार्यान्वयन नगरेको, चिकित्सा शिक्षा आयोग र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कानुन विपरीत नियुक्ति गरिएको तथा ती निर्णय सच्याउनुपर्ने माग राख्दै उनी पुनः सत्याग्रहमा बसेका हुन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण