जलाउँदै गरेको शव जब प्रहरीले नियन्त्रण लियो...
बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो ।
पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।
श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यसको बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले आफ्नै श्रीमती नुनियाको शवलाई जलाउँदै गरेको खुलेपछि शवलाई नियन्त्रणमा लिएको उपरीक्षक खनालले बताए ।
शव पूर्णरुपमा नजलेको कारण केही हाड फेला पारेको र मृतकका श्रीमान्, सासू ससुरा सबै फरार रहेको हुँदा घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिए । मृतकको माइती मोतिहारी जिल्लाको जुयाफर भन्ने ठाउँमा रहेको हो ।
माइती पक्षले नै सो घटनाको बारेमा जानकारी दिएपछि प्रहरी तत्कालै गाउँमा पुगेको थियो । तराईका जिल्लामा दाइजोका कारणले नै श्रीमतीलाई मार्ने गरेका कयौँ उदाहरण भेटिन्छ । दोषीलाई कडाभन्दा कडा कारवाही हुनु पर्दछ अनि मात्र सुधार हुन्छ महिला अधिकारकर्मी बबिता जसवालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण