राष्ट्रियसभा निर्वाचनमा भाग लिन ११ दलको निवेदन
आइतबार, ०६ पुस २०७६, २० : ४५
काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचन प्रयोजनका लागि ११ रानीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।
निर्वाचन आयोगका अनुसार, निवेदन दिने दलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) छन् ।
उक्त निर्वाचनमा भाग लिने प्रयोजनका लागि नेपाली जनता दल, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले निवेदन दिएका आयोले जनाएको छ ।
नेपालको संविधानअनुरुप निर्वाचन आयोगमा दर्ता कायम रहेका दललाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आजसम्म निवेदन दिन आयोगले गत मङ्सिर २७ गते सूचना जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण