राष्ट्रियसभा निर्वाचनमा भाग लिन ११ दलको निवेदन
आइतबार, ०६ पुस २०७६, २० : ४५
काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचन प्रयोजनका लागि ११ रानीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।
निर्वाचन आयोगका अनुसार, निवेदन दिने दलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) छन् ।
उक्त निर्वाचनमा भाग लिने प्रयोजनका लागि नेपाली जनता दल, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले निवेदन दिएका आयोले जनाएको छ ।
नेपालको संविधानअनुरुप निर्वाचन आयोगमा दर्ता कायम रहेका दललाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आजसम्म निवेदन दिन आयोगले गत मङ्सिर २७ गते सूचना जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार परिवर्तन गर्ने प्रयास माकुराको जालो जसरी च्यातियो : पौडेल
-
राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन सक्दैन : प्रधानमन्त्री
-
बालेन शाहद्वारा गिरिबन्धुले जसरी जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीको नाम सार्वजनिक
-
प्रचण्डले दिए उपेन्द्रलाई धन्यवाद
-
सुनको मूल्य तोलामा ९ सयले वृद्धि
-
अवरोधकैबिच प्रधानमन्त्रीबाट विश्वासको मतको प्रस्ताव पेश