रगतसम्बन्धी अनौठा तथ्यहरु
–मानव शरीरको कुल तौलको ७ प्रतिशत भाग रगत हुन्छ । तर त्यही रगतमा पनि ८६ प्रतिशत भाग चाहिँ पानी हुन्छ ।
–हाम्रो मृगौलाले प्रतिदिन १५ लिटर रगत सफा गर्ने गर्छ ।
–एउटा महिलाको शरीरमा औसत रुपमा ४.५ लिटर रगत हुन्छ भने पुरुषको शरीरमा चाहिँ ५.६ लिटर हुन्छ ।
–तपाईंले दान गरेको १ पिन्ट (०.४७३ लिटर) रगतले करिब ४ जनाको जीवन बचाउन सकिन्छ ।
–हाम्रो शरीरमा हुने रक्तनलीलाई एकअर्कासँग गाँस्दै जाने हो भने टाउकोबाट फेदसम्मको दूरी ६० हजार माइल हुन पुग्छ । यो भनेको हाम्रो पृथ्वीलाई दुई फन्को बेर्न सकिने लम्बाई हो ।
–रगत एउटा प्राकृतिक रंग पनि हो । भनिन्छ, आदिवासी अमेरिकनहरुले रगतलाई रंगको रुपमा समेत प्रयोग गर्ने गर्थे ।
–हाम्रो शरीरको रातो रक्तकोषहरु हरेक ७ दिनमा फेरिने गर्छ ।
–१९ औं शताब्दीको शुरुवातताका रोटेपिङ लगायत घुम्ने खालका खेलहरु खेल्दा हाम्रो शरीरमा राम्रोसँग रक्तसञ्चार हुन्छ भन्ने विश्वास गरिन्थ्यो ।
Title photo: https://www.thehealthy.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण