बैंकको १८ करोड हिनामिना प्रकरण : धरौटिमा छुट्ने सञ्चालक र खातावालविरुद्ध सरकारी वकिल सर्वोच्च जाने
दाङ । तत्कालीन वेष्टर्न डेभलमेन्ट बैँक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दामा थुनामा राखेर कारवाही गर्नुपर्नेमा धरौटिमा छाडेको भन्दै सरकारी वकिल कार्यालय सर्वोच्चमा निवेदन गर्ने भएको छ ।
सरकारी वकिल कार्यालय घोराहीका प्रमुख सुशिल देवकोटाले थुनामा राखेर कारवाही गर्नुपर्नेमा उच्च अदालतले दिएको धरौटिमा छाड्ने आदेश विरुद्ध सर्वोच्चमा निवेदन गर्ने भएको जानकारी दिए ।
सरकारी वकिल कार्यालयले बैँक सञ्चाल, सिइओसहीत कैद र जरीवाना दुवै माग गर्दै उच्च अदालतमा मुद्धा दायर गरेको थियो ।
तर उच्च अदालतले बैँक सञ्चालक र खातावाललाई धरौटिमा छाडेपछि उच्च अदालतको आदेश विरुद्ध सर्वोच्चमा जाने र त्यस अनुसार प्रकृया सुरु भइसकेको देवकोटाले बताए ।
बैँक हिनामिना मुद्धामा थुनामा राख्नुपर्ने बैँक सञ्चालक र खातावालाहरुलाई धरौटिमा छाडेपछि सरकारी वकिल कार्यालयले थुनामा राखेर कारवाही गर्नुपर्ने भन्दै उच्च अदालतको आदेश विरुद्ध सर्वोच्चमा निवेदन गर्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
-
अत्यधिक गर्मीका कारण अमेरिकामा स्वतन्त्रता दिवसका कार्यक्रम प्रभावित, केही स्थगित र रद्द
-
रुसी सेनाद्वारा लुहान्स्कको ‘पूर्ण स्वतन्त्रता’ को अभियान पूरा भएको पुटिनको घोषणा
-
विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु
-
१० बजे १० समाचार : बालेन सरकारको सय दिनदेखि उपसचिव र डीएसपीको सरुवासम्म
-
बजेट अभाव हुन दिँदैनौँ, काम नगर्ने ठेकेदारको सम्झौता रद्द गर्नुस् : मन्त्री लम्साल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण