अत्यधिक गर्मीका कारण अमेरिकामा स्वतन्त्रता दिवसका कार्यक्रम प्रभावित, केही स्थगित र रद्द
वाशिङ्गटन डीसी। अमेरिकी राष्ट्रिय मलमा आयोजित ‘ग्रेट अमेरिकन स्टेट फेयर’ अत्यधिक गर्मीका कारण स्थानीय समयअनुसार शुक्रबार दिउँसो एक सूचना जारी गरी स्थगित गरिएको छ। अमेरिकी राजधानीमा अत्यधिक गर्मी छाएको छ, जहाँ तापक्रम १०२ डिग्री फरेनहाइटसम्म पुगेको छ र ताप सूचकाङ्क ११० डिग्री फरेनहाइटभन्दा माथि पुगेको छ।
अभियानको आयोजक फ्रिडम–२५० ले एक्समा पोस्ट गर्दै चर्को गर्मी मौसमको अवस्थाका कारण महोत्सव पाँच बजेसम्म बन्द रहने जानकारी दिएको छ। साँझको कार्यक्रमको तयारी जारी राख्दै फ्रिडम–२५० ले भनेको छ, ‘गर्मीका कारण र सार्वजनिक सुरक्षा अधिकारीहरूसँगको समन्वयमा, ग्रेट अमेरिकन स्टेट फेयर आज ५ः०० बजेसम्म अस्थायी रूपमा बन्द गरिनेछ। हाम्रा अतिथि, स्वयंसेवक, कलाकार, विक्रेता र स्टाफको सुरक्षा र कल्याण हाम्रो सर्वोच्च प्राथमिकता हो। दिउँसो पछितिर अवस्था सुधारिने अपेक्षा गरिएको छ र हामी ५ः०० बजेदेखि सबैलाई फेरि स्वागत गर्न उत्सुक छौँ।’
अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसको उत्सव अत्यधिक मौसमी अवस्थाले प्रभावित भएको छ। विभिन्न सहरका आयोजकहरूले तीव्र गर्मीको लहरका बीच कार्यक्रम तालिका समायोजन गर्नुपरेको छ। फिलाडेल्फियामा शुक्रबारका लागि तय गरिएको परेड अत्यधिक तापक्रमका कारण सुरु हुन केही घण्टा अगाडि नै रद्द गरिएको थियो।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वतन्त्रता दिवसको पूर्वसन्ध्याको उत्सवमा माउन्ट रशमोरमा सम्बोधन गर्ने कार्यक्रमस्थल साउथ डाकोटा पुगेका छन्। मौसम रिपोर्टअनुसार पूर्वी अमेरिकाको केही भागमा गर्मीको लहर कायम रहने अपेक्षा गरिएको छ। वाशिङ्गटन डीसीमा १०२ डिग्री फरेनहाइट (३८ डिग्री सेल्सियस) सम्म तापक्रम पुग्ने अनुमान छ, जसले यसलाई सहरको इतिहासमा जुलाई ४ को सबैभन्दा गर्मी दिनहरू मध्ये एक बनाउन सक्छ। फिलाडेल्फिया र न्यूयोर्क सहरमा पनि तापक्रम १०० डिग्री फरेनहाइट नजिक पुग्ने र ताप सूचकाङ्क १०५ आसपास रहने सीएनएनको मौसम रिपोर्टमा उल्लेख छ।
क्यापिटल हिलमा हुने भनिएको ‘युएस क्यापिटल फोर्थ कन्सर्ट’ भने निर्धारित समयमै हुनेछ। युएस क्यापिटल प्रहरीले अवस्था जस्तोसुकै भए पनि कार्यक्रमस्थल ७ बजेदेखि खोलिने बताएको छ। यो हप्ता देखिएको गर्मी र आद्र्रताको तीव्रता जीवाश्म ईन्धन प्रदूषणको प्रभावबिना ‘लगभग असम्भव’ हुने अन्तरराष्ट्रिय मौसम पूर्वानुमान संस्था ‘पिट्रिब्युसन’ को विश्लेषणलाई उद्धृत गर्दै सीएनएनले रिपोर्ट गरेको छ।
राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनको मुद्दालाई ‘वाइहात बहाना’ भन्दै आफ्नो पूर्व अडान कायम राखेका छन्। उनले जलवायु परिवर्तन, दास प्रथा र अन्य विषयमा रहेका सूचनाहरू हटाएर अमेरिकी इतिहासमा ‘सत्य र विवेक’ पुनस्र्थापित गर्न चाहेको बताएको युरोन्युजले लेखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण