यति छ शाहरुख खानकी छोरीको जुत्ता र ब्यागको मूल्य
शाहरुख खानकी छोरी सुहाना खान केही दिन अघि सुपरड्राई इन्डियाको पार्टीमा समावेश भइन् । ल्याकमे फेशन विकमा आयोजित उक्त पार्टीमा सुहाना निकै महँगो जुत्ता र क्लचसहित उपस्थित भइन् । पार्टीमा सुहानाले ८३ हजार भारुको जुत्ता र ३५ हजार भारु मूल्य पर्ने क्लच बोकेकी थिइन् ।
उक्त पार्टीमा थुप्रै स्टार किड्स समावेश भए जसमध्ये शाहरुख खानकी छोरीको विशेष चर्चा रह्यो । स्मरण रहोस्, पार्टीमा सुहानाले सेन्ट लौरेन ब्रान्डको चेन भएको बुट लगाएकी थिइन् । उक्त जुत्ताको मूल्य करिब ८३ हजार भारु हो । छालाको उक्त जुत्तामा एंकल इस्ट्रेप र क्रस राउन्ड चेन लगाइएको थियो । उक्त जुत्ताको ४.१ इन्च हिल छ । यस्तै, उनले पहेंलो रङको जिम्मी चो ब्रान्डको क्यान्डी क्लच बोकेकी थिइन् । उक्त ब्यागको मूल्य ३५ हजार भारु हो । उक्त क्लचमा चेन लगाइएको छ । उनले कालो रङको स्लिभलेस टप र सेतो रङको टाइट जिन्स लगाएकी थिइन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उक्त पार्टीको फोटो पनि सेयर गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण