डीआरको ‘मेरो मायाले छुन्छ छुुदैन’मा सारिका र योगेशको स्वर
शुक्रबार, ११ पुस २०७६, २० : ०८
काठमाडौं । अभिनेत्री सारिका घिमिरे र योगेशकाजीको स्वर रहेको गीत ‘मेरो मायाले छुन्छ छुुदैन’ सार्वजनिक भएको छ । गीतमा कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रहेको छ ।
योगेश काजीको संगीत रहेको गीतको भिडियो पनि बनेको छ । जसको निर्देशन गम्भिर विष्टले गरेका हुन् ।
भिडियोमा काटुन क्रुज गु्रपका सरोज र आष्माको अभिनय रहेको छ ।
भिडियोमा सारिका र योगेशलाई पनि देख्न सकिन्छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन गरेका हुन् । यो गीत डा. डीआर उपाध्यायको गत महिना विश्व रेकर्ड राख्न सफल एल्बम ‘सेभेन्थ कड्स’को हो ।
हालसम्म १८ एल्बम सार्वजनिक गरेका विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायले गीत लेखेर विभिन्न विधामा १४ विश्व रेकर्ड बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
-
कानुनी आधारबिना लाखौँ अस्थायी लाइसेन्स छपाइ
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण