सडक निर्माण भ्रष्टाचार मुद्दामा निर्माण व्यवसायीसहित चार जनाले पाए सफाइ
सारांश
- सिरहाको सडक निर्माण आयोजनामा भ्रष्टाचार मुद्दामा एक निर्माण व्यवसायीसहित तीन सरकारी कर्मचारीले सफाइ पाएका छन्।
- विशेष अदालतले प्राविधिक कर्मचारी र निर्माण व्यवसायीलाई सफाइ दिँदै सडक निर्माण सम्पन्न भएको लामो समयपछि गरिएको परीक्षणलाई भ्रष्टाचारको आधार मान्न नसकिने ठहर गरेको छ।
- सडक विभागको मापदण्डअनुसार नमुना सङ्कलन नगरेको र सडक हालसम्म चालु अवस्थामा रहेकोले गुणस्तरमा प्रश्न उठाई भ्रष्टाचार भएको निष्कर्षमा पुग्नु न्यायोचित नहुने अदालतको ठहर छ।
काठमाडौँ । सिरहाको एक सडक निर्माण आयोजनामा भएको भनिएको भ्रष्टाचार मुद्दामा एक जना निर्माण व्यवसायीसहित तीन सरकारी कर्मचारीले सफाइ पाएका छन्।
मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले एक जना निर्माण व्यवसायीसहित चार जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।
अदालतले प्राविधिक कर्मचारीहरू रवीन्द्र लाल दास, शैलेन्द्र कुमार चौधरी, चन्द्रकान्त चौधरी र निर्माण व्यवसायी जफिर कवारीलाई सफाइ दिएको हो। अदालतले सडक निर्माण सम्पन्न भएको साढे तीन वर्षपछि मात्रै नमुना सङ्कलन गरी परीक्षण गरिएको देखिएको छ।
सडक विभागको मापदण्डअनुसार तोकिएको अवधिभित्र नमुना सङ्कलन नगरेको र लामो समयसम्म सडक प्रयोगमा आइसकेपछि गरिएको परीक्षणलाई भ्रष्टाचारको निर्क्योल गर्ने आधार मान्न नसकिने ठहर गरेको छ।
जय धनञ्जय/रब्बानी जे.भी.ले २०७७ असार २१ मा ठेक्का सम्झौता गरी निर्माण सम्पन्न गरेको उक्त सडकमा कम गुणस्तरको सामग्री प्रयोग गरिएको, झुट्टा बिल भरपाई र परीक्षण प्रतिवेदन पेस गरी २ करोड ३४ लाख ९९ हजार ९४५ रुपैयाँ भुक्तानी लिएको दाबी अख्तियारको थियो।
निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि उक्त सडक हालसम्म चालु अवस्थामै रहेको र सडकको गुणस्तरमा कुनै ठुलो समस्या नदेखिएको कुरालाई अदालतले विचार गरेको छ। लामो अन्तरालपछि गरिएको परीक्षणको आधारमा गुणस्तरमा प्रश्न उठाई भ्रष्टाचार भएको निष्कर्षमा पुग्नु न्यायोचित नहुने फैसलामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएभी कलेजमा विद्यार्थी मृत्यु प्रकरणप्रति अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण
-
११ महिनामा रोजगारीका लागि विदेसिए ७ लाख २२ हजार नेपाली, जेठ महिनामा मात्रै ६१ हजार
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण