मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुरक्षा/अपराध

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार

संलग्न ५ जना भारतीय पक्राउ
मङ्गलबार, ०२ असार २०८३, १८ : ५७
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • चितवनबाट अपहरणमा परेका बालकलाई काठमाडौँमा सकुशल उद्धार गरिएको छ ।
  • उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालकको उद्धार गरेको हो ।
  • अपहरणमा संलग्न ५ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ । चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार गरिएको छ । 

अपहरणमा परेका ती बालकको मङ्गलबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सकुशल उद्धार गरेको हो । 

अपहरणमा संलग्न ५ जना भारतीय नागरिकलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । 

चितवन नारायणगढबाट ५/६ जनाको समूहले नारायणगढ निवासी १६ वर्षिय ती किशोरलाई अपहरण गरेको थियो। जबरजस्ती भारतीय नम्बर प्लेट भएको गाडीमा राखी अपहरण गरेर काठमाडौँ होटलमा बन्धक बनाइएको थियाे । 

अपहरणकारी समूहले परिवारसँग पैसा माग गरेको भन्ने सूचनाको आधारमा कार्यालयबाट खटिएको टोलीले  बसपार्कस्थित होटलबाट उद्धार गरेको हो। 

पक्राउ पर्नेहरूमा सुजित कुमार,गोलु कुमार, गोलु कुमार, बिक्की कुमार र मोहम्मद साहिद रहेका छन् । १८ वर्षिय उनीहरू सबै भारतको बेतिया, बिहारका स्थायी बासिन्दा हुन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप