सोमबार विनायक चतुर्थीः सुख समृद्धि र कामना पूर्तीका लागि बसिन्छ यस दिन ब्रत
गणेश पुराणका अनुसार चतुर्थी तिथी भगवान गणेशका लागि समर्पित छ । हरेक महिना दुईवटा चुतर्थी तिथी आउँछन्, एउटा कृष्ण पक्षमा र अर्को शुक्ल पक्षमा । कृष्ण पक्षको चतुर्थीलाई संकष्टि चतुर्थी भनिन्छ भने शुक्ल पक्षको चतुर्थीलाई विनायक चतुर्थी भनिन्छ । यस वर्ष पुस महिनाको विनायक चतुर्थी पुस १४ गते सोमबार परेको छ । यस दिन मनोकामना पूरा गर्नका लागि गणेश भगवानको पूजा गरेर ब्रतसमेत बस्ने प्रचलन छ ।
विनायक चतुर्थीमा यसरी गर्नुहोस् पूजाः
बिहान चाँडै उठेर नुहाउनुहोस् र सफा लुगा लगाउनुहोस् । त्यसपछि पूजा र दिनभरी ब्रत बस्ने संकल्प लिनुहोस् । त्यसपछि सुगन्धित वस्तुले भगवानको पूजा र आरती गर्नुहोस् । पूजा गर्ने बेला ॐ गं गणपतय नमः मन्त्र जप्नुहोस् । त्यसपछि गणेशको मूर्तीलाई अबेर केसरीले पूजा गर्नुहोस् ।
गणेशजीलाई २१ वटा दुबो चढाउनुहोस् । त्यसपछि लड्डुको भोग पनि लगाउनुहोस् । त्यसपछि ब्राह्मणलाई भोजन गराएर दक्षिणा दिनुहोस् । बेलुका पुनः गणेश भगवानको पूजा र आरती गर्नुहोस् । त्यसपछि खाना खानुहोस् ।
विनायक चतुर्थीको महत्वः
विनायक चतुर्थीको दिन ब्रत बस्दा र यस दिन गणेश भगवानको उपासना गर्दा घरमा सुख समृद्धि, आर्थिक सम्पन्नताका साथै ज्ञान र बुद्धि प्राप्त हुन्छ । चतुर्थीमा भगवान गणेशको पूजाले सबै कार्य सिद्ध हुन्छ र सबै मनोकामना पूरा हुने जनविश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण