डेडिकेटेड फिडरमा चरम लापरवाही, १४ अर्ब बक्यौता बाँकी
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नेतृत्व, पदाधिकारी र कर्मचारीहरुबाट ट्रङ्कलाइन र डेडिकेटेड लाइनको राजस्वसम्बन्धी गम्भीर विषयमा चरम लापरवाही भएको पाइएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिद्वारा गठित छानबिन उपसमितिले यस्तो निकालेको हो ।
विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत सुविधा लिने ग्राहकबाट उठाउनुपर्ने बक्यौतासम्बन्धी अध्ययन गरी उपसमितिले लेखा समितिमा बुझाउन तयार पारेको प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको छ ।
तत्कालीन विद्युत महशुल निर्धारण आयोगले डेडिकेटेड र ट्रङ्क लाइनमा दोब्बर महशुल निर्धारण गरे पनि समयमै बिलिङ नगर्दा गत चैतसम्म ११ अर्ब पुगेकोमा सो बक्यौता हालसम्म १४ अर्बभन्दा बढी नाघिसकेको प्राधिरण स्रोतले जनाएको छ ।
उपसमितिले विद्युत प्राधिकरणले दोस्रो पटक बनाएको उपसमितिले हालसम्म प्रतिवेदन दिन नसकेको उल्लेख गरे पनि प्राधिकरण व्यवस्थापन समितिलाई दिइसकेको प्रतिवेदनले महसुस उठाउनुपर्ने उल्लेख गरेको छ ।
आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
-
३ इरानमा सत्ता संघर्ष गहिरिँदै, कट्टरपन्थीले लगाए ‘कु’को आरोप
-
प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैन: महासेठ
-
‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
-
प्रदेशमा प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल हुन्न : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण