आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

जलविद्युतमा ८५ अर्बको लगानी स्वीकृत

सोमबार, १४ पुस २०७६, ०७ : १७
सोमबार, १४ पुस २०७६

काठमाडौँ । लगानी बोर्डले तीन जलविद्युत आयोजनाका लागि ८५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको ४२ औँ बैठकले सो निर्णय गरेको हो ।

कोरियाली कम्पनीको लगानीमा निर्माण हुन लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका लागि करिब ६५ अर्ब, चिनियाँ कम्पनीले निर्माण गर्न लागेको ५० मेगावाटको मर्स्याङ्दीबेसी जलविद्युत आयोजनाका लागि ११ अर्ब ७७ करोड ५४ लाख तथा नेपाल टेलिकम समेतले लगानी गर्न लागेको ३७ मेगावाटको त्रिशूली ३ बी आयोजनाका लागि ८ अर्ब २२ करोड ७४ लाख बराबरको लगानी स्वीकृत गरिएको छ ।

आजको कारोबार दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप