प्रदूषण परीक्षणमा काठमाडौँमा ३८ प्रतिशत सवारी फेल
सोमबार, १४ पुस २०७६, ०७ : २४
काठमाडौँ । काठमाडौँमा परीक्षण गरिएका सवारी साधनमध्ये ३८ प्रतिशत प्रदूषण परीक्षणमा असफल भएका छन् ।
सवारी फिटनेस परीक्षण केन्द्र, टेकुले दिएको जानकारी अनुसार चालू आर्थिक वर्ष २०७६/७७ को साउनदेखि मंसिरसम्मको अवधिमा ५ हजार ५ सय सवारीको प्रदूषण परीक्षण गरिएकोमा २ हजारभन्दा बढी परीक्षणमा असफल भएका हुन् । यसरी असफल हुने सवारीहरुमा डिजेलबाट चल्ने सवारीको सङ्ख्या बढी छ ।
केन्द्रका प्राविधिक इन्जिनियर लालबाबु यादवका अनुसार केन्द्र औसतमा दैनिक ८० वटा सवारी जाँचका लागि आउने गरेका छन् र त्यसमध्ये ३० भन्दा बढी असफल हुने गरेका छन् । केन्द्रमा २–२ वटा डिजेल र पेट्रोलका सवारीको प्रदूषण जाँच्ने उत्सर्जन जाँचयन्त्र छन् ।
आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशमा प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल हुन्न : गगन थापा
-
पदबाट हट्न सहमत भए हंगेरीका राष्ट्रपति तमास शुल्योक
-
‘जदौ’ को शीर्ष गीत `जदौ हजुरमा´सार्वजनिक
-
‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
-
बाढीले क्षति पुर्याएको स्याफ्रुबेसी–रसुवागढी सडक चीनद्वारा स्तरोन्नति, बर्खामा भने हिलाम्मे (तस्बिरहरू)
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण