पौडेल फकाउन जुटे देउवा : निधि पुगे बोहोराटार
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पछिल्लो निर्णयमा असहमत पक्षसँग संवादअघि बढाएका छन् ।
संस्थापन इतर पक्षको उपस्थिति बिना सभापति देउवाले गत शुक्रबारको केन्द्रीय समिति बैठकबाट महाधिवेशनको कार्यतालिका तोक्ने, केन्द्रीय कार्यसमितिको कार्यकाल थप्ने र विधानका धारा निलम्बन गर्ने जस्ता निर्णय गरेका थिए ।
उनको उक्त निर्णयप्रति आपत्ति जनाउँदै आएको इतर पक्षले निर्णय सच्याउन माग गर्दै आएको छ ।
पार्टीमा विवाद चर्किदै गएपछि सोमबार बिहान उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा पुगेका हुन् ।
आइतबार संस्थापन पक्षका नेताहरु पार्टीमा पछिल्लो समय उत्पन्न विवाद समाधानमा लागि देउवा निवास बूढानीलकण्ठमा भेला भएका थिए ।
देउवा पक्षीय नेताहरूबीच भएको भेलाले पार्टीको विभाग र नेविसंघ गठन तथा तरुण दलको कार्यसमिति विस्तार गर्दा सबै पक्षलाई समेटेर जानुपर्नेमा जोड दिएको थियो । सोही अनुसार बैठकले इतर पक्षसँग वार्ता गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार उपसभापति निधि पौडेल निवास पुगेका हुन् । सो छलफलमा दुबै पक्ष मिलेर जाने विषयमा छलफल भएको निधिले बताए ।
निधिले भने, ‘वरिष्ठ नेताजीको निवासमा पुगेको थिएँ । पार्टीभित्रको गतिविधिसँगै राष्ट्रिय राजनीतिका विषयमा कुरा भयो । सबै मिलेर जानुपर्छ, सहमतिबाटको विकल्प छैन भन्ने कुरा राखेँ । उहाँले शुक्रबार गरिएका निर्णय सच्याउनु । त्यसपछि कसरी अगाडि जाने भन्ने कुरा गरौँला भन्नुभयो ।’
राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी छलफलका र सभामुख चयनका विषयमा आन्तरिक छलफलको तयारीका लागि पनि पौडेललाई फकाउन देउवाले लागि परेका छन् ।
त्यसका लागि केही दिनभित्र पदाधिकारी र केन्द्रीय समिति बैठक बोलाउने देउवाको सोच छ ।
यता पौडेल पक्षले शुक्रबारको निर्णय नसच्याए आगामी बैठकमा उपस्थित नहुने बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण