घोडाघोडीलाई ब्राण्डको रूपमा विश्वसामु चिनाउनुपर्छः मन्त्री बाँस्कोटा
सोमबार, १४ पुस २०७६, २२ : २२
कैलाली । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विश्व रामसार तथा सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताललाई ‘ब्राण्ड’को रुपमा विश्वसामु चिनाउनुपर्ने बताएका छन् । मन्त्री बाँस्कोटाले आज तालको अवलोकन गर्दै सो कुरा बताएका हुन् ।
विश्व रामसार तथा सीमसार क्षेत्रमा सूचीकृत तालको बारेमा सबैलाई बुझाउन आवश्यक रहेको बताउँदै उनले सिमसार क्षेत्रमा रहेको घोडाघोडी ताललाई ब्राण्डका रुपमा अघि बढाउन सबै पक्ष लाग्नुपर्ने बताए ।
ताललाई गोही प्रजनन्, चरा अवलोकन, अनुसन्धानस्थल र धार्मिक तथा पर्यटकीयस्थल के बनाउँदा उपयुुक्त होला त्यो निर्णय गरेर विकसित गरी एउटा ‘ब्राण्ड’ बनाउन सकिने बताउँदै उनले त्यसतर्फ स्थानीय सरकारले प्रदेश सरकारसँगको सहकार्यमा पहल कदमी लिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण