शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

घोडाघोडीलाई ब्राण्डको रूपमा विश्वसामु चिनाउनुपर्छः मन्त्री बाँस्कोटा

सोमबार, १४ पुस २०७६, २२ : २२
सोमबार, १४ पुस २०७६

कैलाली । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विश्व रामसार तथा सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताललाई ‘ब्राण्ड’को रुपमा विश्वसामु चिनाउनुपर्ने बताएका छन् । मन्त्री बाँस्कोटाले आज तालको अवलोकन गर्दै सो कुरा बताएका हुन् ।

विश्व रामसार तथा सीमसार क्षेत्रमा सूचीकृत तालको बारेमा सबैलाई बुझाउन आवश्यक रहेको बताउँदै उनले सिमसार क्षेत्रमा रहेको घोडाघोडी ताललाई ब्राण्डका रुपमा अघि बढाउन सबै पक्ष लाग्नुपर्ने बताए । 

 ताललाई गोही प्रजनन्, चरा अवलोकन, अनुसन्धानस्थल र धार्मिक तथा पर्यटकीयस्थल के बनाउँदा उपयुुक्त होला त्यो निर्णय गरेर विकसित गरी एउटा ‘ब्राण्ड’ बनाउन सकिने बताउँदै उनले त्यसतर्फ स्थानीय सरकारले प्रदेश सरकारसँगको सहकार्यमा पहल कदमी लिनुपर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप