ब्रिगेडका सयौं खेल सुखद
मङ्गलबार, १५ पुस २०७६, १८ : २८
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाईज क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । ब्रिगेडले यस खेलसँगै लिगमा सय खेलको आँकडा पनि पार गरेको छ ।
ब्रिगेड २०६१ सालमा ‘ए’ डिभिजनमा उक्लिएको थियो । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा ब्रिगेडले १० खेलाडीमा सिमित शेर्पालाई १–० गोलले हरायो । ब्रिगेडको जितमा विजय गुरुङले निर्णायक गोल गरे । १७ औं मिनेटमा विजयले डिबक्स बाहिबाट हानेको सट शेर्पाका रक्षकलाई ठोकिएर गोल भएको थियो ।
खेलको अन्तिममा शेर्पा १० खेलाडीमा सिमित बनेको थियो । शेर्पाका निरज बस्नेत दोहोरो पहेँलो (राते) कार्ड पाउँदै बाहिरिएका थिए । जितसँगै ब्रिगेडले चार खेलमा ६ अंक जोडेको छ । ब्रिगेड छैटौं स्थानमा छ । २ अंक बनाएको शेर्पा ११औं स्थानमा छ । ब्रिगेडका गोलरक्षक विशाल सुनार म्यान अफ दी म्याच भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले घोषणा गर्यो ‘एनसी फर एनसी’ अभियान
-
प्रधानमन्त्रीलाई कालो चस्मा र वस्त्र लगाउन छुट छ, काला कर्तुत गर्न छुट छैन : गगन थापा
-
नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण