सीमा अतिक्रमणबारे राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
बिहीबार, १७ पुस २०७६, १४ : ४५
काठमाडौं । सीमा अतिक्रमणको विषयमा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराई प्रस्तावक र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसकी सरिता प्रसाईको समर्थनमा प्रस्ताव दर्ता भएको हो ।
प्रस्तावमा नेपाली भूमिबाट भारतीय सेना हटाउन, कुटनीतिक पहललाई अझै सशक्तताका साथ अघि बढाउन र नेपाल भारत उच्च स्तरीय प्राविधिक समितिको पहललाई निष्कर्षमा पुर्याउन भूमिका खेल्न सरकारलाई आग्रह गरिएको छ ।प्रस्तावमाथि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले छलफलमा भाग लिँदै सीमा समस्या समाधान गर्न पहल गरिरहेको भन्दै छिट्टै वार्ता गरेर टुंगोमा पुग्ने बताए ।
त्यसपछि राष्ट्रियसभा बैठकले सर्वसम्मत स्वीकृत गर्दै सरकारलाई कार्यान्वयनको पहल गर्न निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण