नागढुंगाबाट चरेशसहित १ जना पक्राउ
सोमबार, २१ पुस २०७६, १९ : ३१
काठमाडौं । नेपाल प्रहरीले नागढुङ्गाबाट चरेशसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९५७३ नम्बरको यात्रुबाहक बसमा अवैधरुपमा चरेश ल्याउँदै गरेको अवस्थामा पर्सा छिपरमाई गाउँपालिका–६ का ३४ वर्षीय शम्भु साहलाई आज दिउँसो पक्राउ गरेको हो ।
महानगरीय प्रहरीवृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले झोलामा लुकाएर ल्याएको अवस्थामा ५०० ग्राम चरेशसहित साहलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका साहलाई लागुऔषध (नियन्त्रण ऐन) २०३३ अनुसार कारवाही गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण