सुजुकी विन्टर फ्रि सर्भिस क्याम्प पुस २३ देखि, यस्ता छन् अफरहरु
काठमाडौं– नेपालको लागि सुजुकी फोर ह्वीलरको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २३ देखि २५ गतेसम्म ‘विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउन सकिने छ । सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निशुल्क कार वासको सुविधा पाउन सकिने कम्पनीले जनाएको छ ।
त्यसैगरी, एसडीटी डायग्नोसिसमा ५० प्रतिशत छुट मिल्ने पनि कम्पनीले बताएको छ । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस्, इन्जिन आयल, एसोसरिज र ह्वील एलाइनमेन्टमा १० प्रतिशत छुट पाउने छन् ।
सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण