नेपाली बोल्दा हिन्दी मिसिए पछि मनिषाले ठोकिन् अंग्रेजीमा भाषण (फोटो)
काठमाडौं । नेपाली मुलकी चर्चित बलिउड अभिनेत्री हुन् मनिषा कोइराला । केही नेपाली चलचित्र अभिनयको असफलता पछि उनी बलिउड तिर हानिएकी हुन् । बलिउडमा भने उनले राम्रो सफलता हात पारिन् ।
दुई दशक बढी समय बलिउड अभिनयमा बिताएकी मनिषाले थुप्रै गर्व गर्न लायक बलिउड चलचित्र अभिनय गरेकी छन् ।
पछिल्लो समय केही नेपाली चलचित्रमा समेत अभिनय गरेकी मनिषाले केही बर्ष अगाडि एक नेपाली ब्यवसायीसँग लगनगाँठो समेत कसेकी थिइन् । उक्त बिबाह लामो समय टिक्न सकने ।
यी नै अभिनेत्री मनिषा नेपाली राम्रोसँग बोल्न जान्दिनन् । भन्दा पत्यर नलाग्न सक्छ । तर यो बास्तिकता हो । शनिबार आयोजित एनएफडिसी पुरस्कार समारोहमा उनले राम्रोसँग नेपाली बोल्न सकिनन् ।
कोइराला प्रमुख अतिथिको रुपमा पुरस्कार समारोह पुगेकी थिइन् । राजधानीको हायात रिजेन्सी होटलमा आयोजित समारोहमा सेतो धर्सा गरेको रातो सारीमा सजिएर कार्यक्रम स्थल पुगेकी उनले पानसमा बत्नी बालेर कार्यक्रम उद्घाटन समेत गरिन् ।
कार्यक्रम उद्घाटन पछि आयोजकले उनलाई मन्तब्य राख्न अनुरोध गर्यो । मन्तब्यको क्रममा उनले शुद्ध नेपाली बोल्न सकिनन् । उनको नेपालीमा धेरै भारतीय भाषा मिसियो । भारतीय र नेपाली भाषा मिसिएर बोल्दै गर्दा उनलाई केही असहज महशुस भएछ कि के हो उनले तुरुन्तै अंग्रेजीमा बिचार राखिन् ।
चलचित्र पुरस्कारको महत्वको बिषयमा आफ्नो धारणा राखेकी कोइरालाले कार्यक्रममा गोपीकृष्ण मार्फत नेपाल क्यान्सर केयरलाई सहयोग समेत गरिन् ।
नेपाल सरकारले पछिल्लो समयको बागमती सफाइ महाअभियानको सद्भावना दूतमा अभिनेत्री मनिषालाई मनोनित गरेको छ । सोही क्रममा शनिबारको सरसफाई अभियानका लागि उनी केही दिन पहिले नेपाल आएकी हुन् । उनी नेपाल भएको मौका छोपेर एनएफडिसी पुरस्कारका आयोजकले उनलाई प्रमुख अतिथी बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण